सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति

राजनीति समाचार

काठमाडौं, २७ फागुन । मधेशकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सातबुँदे सहमति भएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले सहमतिमा हस्ताक्षर गरेका छन्। आइतबार भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति भएको उल्लेख छ।

त्यस्तै, सुशासन र समृद्धिको लक्ष्य प्राप्त गर्न, सबै प्रकारका विभेद अन्त्य गर्न, किसानको हितमा क्रियाशील रहन सहकार्य गर्ने सहमति गरेका छन्। यससँगै रोजगारी सिर्जना, गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने सहमतिमा उल्लेख छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *