रसीद आलम,बिरगंज ,२९ फागुन ।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका विभिन्न ठाउँबाट लागु औषध गाँजा सहित २ जना मानिसलाई पक्राउ गरेको र एक जना फरार रहेको हुँदा खोजी कार्य गरिरहेको जनाएको छ ।
फागुन २८ गते दिउँसो १२:०५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं २५चण्डालचोक स्थित सडकखण्डमा सशस्त्र प्रहरी वल नेपाल बि.ओ.पि.ड्राइपोर्ट र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त चेकिङ टोलीले विश्रामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१३ प ६५९५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ फुलवारी टोल बस्ने वर्ष ४५ को ईसलाम मियाँलाई लागु औषध गाँजा १ के.जी.८०० ग्राम सहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जानकारी गराए।
मियाको शरीर खानतलासी गर्दा कालो रंगको प्लाष्टिकको झोलामा लागु औषध गाँजा सेतो टेपले वेरी आफ्नो शरीरमा लुकाइ छिपाइ राखिएको अवस्थामा फेला परेको हुँदा मोटरसाइकल र लागु औषध गाँजा सहित नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जानकारी दिए।
त्यस्तै ,फागुन २८ गते साझ ४ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.९ घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनमा अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं.८ जमुनिया बस्ने वर्ष ५५ को ध्रुव ठाकुरलाई लागु औषध गाँजा ३ के.जी.५०० ग्राम सहित नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ।
फागुन २३ गते साझ ७ बजेको समयमा पर्साको वीरगञ्ज म.न.पा.वडा नं.१६ स्थित रहेको कवाड गोदाममा लागु औषध गाँजा खरिद बिक्री कार्य भैरहेको बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता र ई.प्र.का.नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो गोदाममा गई खानतलासी गर्दा सो गोदाम भित्र सुन्योजित तरिकाले लुकाइ छिपाई राखिएको तिन पोका लागु औषध गाँजा ५ के.जी.८०० ग्राम फेला परेको हुँदा सो लागु औषध गाँजा बरामद गरि नियन्त्रणमा राखिएको डिएसपी थापाले बताएका छन् ।
कबाड गोदाम संचालक भारत विहार पूर्वी चम्पारण ग्राम बस्तीपुर सिमरा रामगढवा बस्ने वर्ष ३० को अरविन्द कुमार गुप्ता हाल फरार रहेको हुँदा निजलाई खोजतलास कार्य भैरहेको जानकारी पनि थापाले गराए।