रसीद आलम,बिरगंज,४ चैत ।
सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको हुण्डीका ५ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पुर्वि चम्पारण रक्सौल नगर पन्चायत -७ बस्ने बर्ष २४ को उमेश कुमार यादवलाई पक्राउ गरेको छ।
आइतबार बिरगंज महानगरपालिका -१६ शंकरआचार्य गेट स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमान्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको भारतिय नागरिक उमेश कुमार यादवको साथबाट नेपाली नगद रुपैया ५ लाख बरामद भएको हुँदा पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
सो नगद रुपैयाँको स्रोत खुलाउन नसकेकोले यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी )सङ्गम श्रेष्ठले बताएका छन् ।
त्यसैगरी बिरगंज भन्सारको मेनगेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्मले चेकजाँचको क्रममा भारतबाट अबैध रुपमा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु २ लाख ५६ हजार ९ सय ९० बराबरको किराना सामान ,लत्ताकपडा र फलफुल बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी श्रेष्ठले जनाए ।