पर्सा,५ चैत ।
पर्सा प्रहरीले लगभग रु.२ करोड बराबरको ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको छ।
चैत २ गते राती ५:३० बजेको समयमा बिल विजक भन्दा बढी पावर बैंक ,एयर बडस लगायतका ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्जको चण्डालचोकबाट ना.६ ख ५२५४ नम्बरको ट्रकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी समानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि चैत ४ गते राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जानकारी दिए।
सो ट्रकमा उल्लेखित विल अनुसार १ करोड ९१ लाख ७८ हजार ६ सय ८१ रुपैयाँ बराबरको पावर बैंक ,एयर बडस लगायतका ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको डिएसपी थापाले बताएका छन् ।