काठमाडौँ १४ चैत । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।
कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफुहरुको पनि बुझाइ रहेको बताउदै उनी मलेसियामा रहेको बताएका छन् । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफुहरुले गरिरहेको बताए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन् ।
बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् ।
गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।
समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।