रसीद आलम,बारा,१९ चैत ।
सशस्त्र प्रहरी बल बाराले भन्सार छलिएका किराना समान र एउटा भारतीय नम्बरको मोटरसाइकल पक्राउ गरेको छ।
चैत १८ गते बेलुका २:३० बजेको समयमा बाराको बिश्रामपुर गा.पा.-५ ईटियाहीमा ४ जना व्यक्तिहरुले १ वटा मोटरसाइकल र ३ वटा साईकलको प्रयोग गरी अबैध रुपमा भन्सार छली भारतबाट विभिन्न किराना सामानहरु नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएका टोलीले चेकजाँचको क्रममा बिआर ०५ एम ०३२० नम्बरको भारतिय मोटरसाइकल सहित समानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ मोटरसाइकलसहित सामानहरु सोही स्थानमा छाडी व्यक्तिहरु साईकल लिई फरार भएको हुँदा उक्त सामानहरु बरामद गरी मोटरसाइकल र समानको रु.२ लाख ७ हजार ४ सय ७८ बराबरको मुल्यांकन गरि आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराले जानकारी गराएको छ।