१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ

समाचार

काठमाडौँ,२० चैत  । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको हो ।

बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौ  जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेकोजानकारी दिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *