इंस्पेक्टर मनोज शर्माद्वारा अवैध आर्केष्ट्रामा छापामारी,चार नाबालिगको उद्दार तीनजना संचालक पक्राउ।

बिदेश समाचार

रक्सौल ,१४ बैशाख।

विशेष सूचनाको आधारमा तथा एनसीपीसीआर नई दिल्लीको निर्देशनमा बिहारको विभिन्न ठाउमा संचालनमा रहेको अवैध आर्केस्ट्रामाथि मानव तस्करी रोधी इकाई क्षेत्रक मुख्यालय एसएसबी बेतिया कार्यालय ४७ वीं वाहिनी सशस्त्र सीमा बल रक्सौलका इंस्पेक्टर मनोज कुमार शर्माको कमान्डमा छापामारी भएको छ।

मानव तस्करी रोधी इकाई क्षेत्रक मुख्यालय एसएसबी बेतिया कार्यालय ४७ वीं वाहिनी सशस्त्र सीमा बल रक्सौल, सिकटा थाना पुलिस, बैरिया थाना पुलिस, साइबर थाना पुलिस बेतिया, मिशन मुक्ति फाउंडेशन(दिल्ली), बाल कल्याण समिति (बेतिया), रेस्क्यू एंड रिलीफ फाउंडेशन(प.बंगाल), प्रयास जुबेनाइल एड सेंटर(बेतिया), बाल चाइल्ड हेल्प लाइन(बेतिया) को सहयोग पश्चीमी चंपारण (बिहार) को विभिन्न ठाउँमा सयुंक्त छापामारी गरि चार नाबालिगको उद्दार गरिएको तथा तीनजना आर्केष्ट्रा संचालक पक्राउ गरिएको इंस्पेक्टर मनोज कुमार शर्माले जनएका छन् ।

अवैध आर्केष्ट्रामा नाबालिगको अधिकारमाथि भएको शोषण,नाबालिग यौन शोषण, शारीरिक शोषण, श्रम शोषण र यसले भयावह रूपमा बिस्तार भैरहेकोले नियन्त्रण गर्न अवैध आर्केष्ट्रमा छापामारी अभियान नै संचालन गरेको इंस्पेक्टर शर्माले बताए।

छापामारी अभियानकै क्रममा सिकटा पुलिस थानाको प्रभारी राज रोशनको कमान्डमा सिकटा थाना क्षेत्र के शिकारपुर गाँव में संचालित पिंकी आर्केस्ट्रा म्यूजिकल ग्रुपबाट २ जना नाबालिको उद्दार गरिएको एक जना  आर्केस्ट्रा मालिकलाई नियन्त्रणमा लिएको शर्माले जनाएका छन् ।

बैरिया पुलिस थानाको प्रभारीको कमान्डमा बिहारको मलाही चौकमा संचालित बरसा आर्केस्ट्राबाट २ जना नाबालिगको उद्दार भएको र २ जना  आर्केस्ट्रा संचालक पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रेस्क्यू टीम में इंस्पेक्टर मनोज कुमार शर्मा, उप सहायक निरीक्षक अनिल कुमार शर्मा, हवलदार अरविंद द्विवेदी, कांस्टेबल पम्मी मिश्रा, प्रभारी राज रोशन(सिकटा थाना पुलिस), प्रभारी मुकेश कुमार(बैरिया थाना पुलिस),
इंस्पेक्टर धर्मेद्र कुमार(साइबर थाना बेतिया), डाइरेक्टर वीरेंद्र कुमार सिंह मिशन मुक्ति फाउंडेशन(दिल्ली) व्  दिलीप कुमार, चितरंजन गिरी (बाल कल्याण समिति,बेतिया) अक्षय पांडे रेस्क्यू फाउंडेशन(दिल्ली) को सहभागिता रहेको इंस्पेक्टर शर्माले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *