रसीद आलम,बिरगंज ,१४ बैशाख।
सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित लागु औषध सहित ४ जना महिलालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार बिरगंज महानगरपालिका -१६ भन्सार मेनगेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा शरिरमा लुकाईछिपाई भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित कोडिन मिश्रित कफ सिरप ओरनेक्स१०० एम एलका ६६ वटा बोतल बरामद गरि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर निवासी क्रमश: वर्ष २८, ५१, ४४ र ४० का चार जना महिलाहरु रहेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
निज महिलाहरुको साथबाट बरामद भएको लागू औषधसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको डिएसपी सिंहले जनाए।
