रसीद आलम,बिरगंज ,१४ बैशाख।
वडा प्रहरी कार्यालय विर्ताले १० लाख बराबरको भन्सार छलिएका कपडा, मोबाईलको डिस्पले तथा गाडीको पार्टसहरु बरामद गरेको छ।
बिभिन्न मिति र समयमा बिर्ता प्रहरीले प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा भारतवाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउंदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद गरेको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मिति २०८१।०१।१० गते बेलुका ४:३० बजेको समयमा वीरगंज भन्सार कार्यालयमा बुझाएको बिर्ता प्रहरीले जानकारी गराएको छ।
