बारा,१५ बैशाख।
सशस्त्र प्रहरी बल बाराले २ लाख ४६ हजार ६ सय बराबरको भन्सार छलिएका समानहरु बरामद गरेको छ।
बाराको विश्रामपुर गा.पा.-३ छटियाघाटबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको गस्ति टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेका रु.१ लाख ४१ हजार बराबरको ९४० थान साधारण मोवाइलको डिस्प्ले (सानो),रु.९३ हजार ६ सय बराबरको ४६८ थान मझौला मोबाइलको डिस्प्ले र रु.१२ हजार बराबरको ३०० केजि प्याज पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
बिओपी बरैनियाका अनुसार ३ जना व्यक्तिहरुले ३ वटा साईकलको प्रयोग गरेर र १ जना व्यक्तिले टाउकोमा बोकेर भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेका सो सामानहरु सशस्त्र प्रहरीको गस्ति टोलीलाई देख्नासाथ सामानहरु सोही स्थानमा छाडी साईकल लिई व्यक्ति फरार भएको हुँदा उक्त सामानहरु बरामद गरीएको हो।
बरामद समानहरु आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा पठाउने प्रक्रियामा रहेको बिओपीले जनाएको छ।
