बिर्ता प्रहरीका ईन्सपेक्टर बोगटीको कमान्डमा बिरगंजबाट नक्कली नोट सहित दुई जना पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,१८ बैशाख।

पर्सा प्रहरीले बिरगंजमा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ।

बैशाख१७ गते वीरगञ्ज महानगरपालिका वडा नं.९ घण्टाघर स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले १ लाख २३ हजार नक्कली नोट सहित भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायत बस्ने वर्ष ३० को क्यामुदिन मियाँ र बाराको प्रसौनी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० की हलिमा खातुनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार संकास्पदरूपमा दुई जना अपरिचित व्यक्तिहरू पैदल हिंडिरहेका अवस्थामा रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली रू.१००० दरका नोट थान-१ र हलिमा खातुनको साथबाट नक्कली नेपाली रु.१००० दरका नोट १२२ थान बरामद भएको छ।

निजहरूबाट बरामद भएको नक्कली नोट सहित नियन्त्रणमा लिइ मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *