बारा,२२ बैशाख।
सशस्त्र प्रहरी बल बाराले १ लाख ३ हजार मुल्य बराबरको अबैध समान पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल बि.ओ.पि. बरैनियाको मातहत एफ ओ बि बलिरामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञान बहादुर आलेमगरको कमाण्डमा खटिएको गस्ती टोलीले शनिबार बिहान् ७:५० बजेको समयमा बाराको विश्रामपुर गा.पा.-४ बलिरामपुर पोखरी नेपाल भारत सीमा ईलाकाबाट भन्सार छलिएका रु.६३ हजार बराबरको १८० मिटर थानको कपडा र रु.४० हजार बराबरको ४० केजि काजु पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
भारतबाट अवैध रुपमा नेपाल तर्फ साईकलको प्रयोग गरी ल्याउदै गरेको २ जना ब्यक्तिहरुले गस्ती टोलीलाई देख्नासाथ सामानहरु सोही स्थानमा छाडी साईकल लिई व्यक्ति फरार भएको हुँदा उक्त सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा पठाउने प्रक्रियामा रहेको बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन् ।
