ओलीले भने- गिरीबन्धु बारे बालेनलाई सोध्नु

राजनीति समाचार

काठमाडौँ ,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन् ।

गिरिबन्धु टी-इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’

सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरिबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको विषयान्तर गर्न न्यूरोड सडकको विषय उठाएको आरोप लगाएका थिए । बालेनले ओलीलाई गिरिबन्धुमा अनियमितता गरेको आरोप लगाउदै पिडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *