बिरगंज ,२५ जेठ ।
सशस्त्र प्रहरी बल पर्साले छापामारी गरि बिरगंज -२ मा रहेको एक गोदामबाट ५ लाख बराबरको भन्सार छलिएका विभिन्न समानहरु पक्राउ गरेको छ।
बिषेश सुचनाको आधारमा बिहीबार राति ८ बजेको समयमा बिरगंज महानगरपालिका २ श्रीराम कोलोनि स्थित ईर्साद नाम गरेको ब्यक्तिको घरको सटरमा अबैध रुपमा भण्डारन गरी राखेको मुल्य रु.५ लाख बराबरको पलम्बम्बिङ्गको सामान तथा प्रेगनेनसी टेस्ट कीट बरामद भएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सुरज रिजालको कमाण्डमा खटिएको टोलिले छापामारी गरि सो समान बरामद गरेको हो।
सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहका अनुसार बिरगंज गुल्मका डिएसपी रिजाल र बिरगंज भन्सार कार्यालयका नायब सुब्बा जिवन कुमार सुनुवारको सन्युक्त कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली अबैध रुपमा सो घरको गोदाम राखिएको उक्त समानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ।
