रसीद आलम ,बिरगंज ,१४ असार।
सशस्त्र प्रहरी पर्साले बिलबिजक विनाको सामान सहित ट्रक पक्राउ गरेको छ।
शुक्रबार बिरगंज महानगरपालिका-१० आदर्शनगर चोकबाट ५ लाख ८६ हजार ५ सय बराबरको विभिन्न समान लोड रहेको १५ लाख बराबरको ट्रकसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले आदर्शनगरबाट पावरहाउस तर्फ जादै गरेको ना ४ ख ३७५९ नम्बरको ट्रक (कन्टेनर) लाई चेक जाँच गर्दा बिलबिजक भिसिटिएस नरहेकाले सो ट्रकलाई पक्राउ गरि समानहरुको ५ लाख ८६ हजार ५ सय रुपैया र ट्रकको १५ लाख गरि जम्मा भन्सार मुल्य रु.२० लाख ८६ हजार ५ सय कायम गरि आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
सो ट्रकमा प्याज ५० बोरामा २४०० केजि, चिनि २२ बोरामा ११०० केजि र साईकल ५३ वटा लोड रहेको डिएसपी सिंहले बताए ।
