रसीद आलम ,बिरगंज ,१९ असार।
सशस्त्र प्रहरी पर्साले लाखौं मुल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ तथा लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ।
असार १८ गते बिरगंज महानगरपालिका -१६ ईदगाह चोक वरपरको ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि विभिन्न सार्वजनिक सवारी साधनमा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको मूल्य रु ५ लाख ६२ हजार ८सय ३५ बराबरको किराना सामान, कपडा, जुत्ता र जिमको सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका एसपी राधेश्याम धिमालले जानकारी दिए।
सशस्त्र प्रहरी गुल्म बिरगंजबाट खटिएको टोलिले शंकरआचार्य गेट नजिक रक्सौलबाट बिरगंजतर्फ आउँदै गरेको जिल्ला गोर्खा घर भई हाँल बिरगंज वस्ने बर्ष १९ को लिखल गुरुङ्ग र पर्साको बिरगंज -२ छपकैया बस्ने बर्ष १९ को बिकी कुमारलाई शंका लागि चेकजाँच गर्दा निजको साथवाट नोरफिन -१९ एम्पुल, डाईजापाम-१६ एम्पुल, फेनारागन -१४ एम्पुल प्रतिबन्धित लागु औषध फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जनाए।
बिरगंज गुल्म बाटै खटिएको टोलिले अबैध रुपमा २ जना ब्यक्तिले टाउकोमा बोकी भारत तर्फ लैजादै गरेको मुल्य रु २८ हजार ६ सय बराबरको अनार ७५ के.जि. र स्याउ ३० के.जि बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा पर्सामा बुझाएको छ ।
असार १८ गतेकै दिन प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलिले बिरगंज -१७ अलौबाट ना ५१ प १०१८ नम्बरको मोटरसाइकलमा लोडगरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. ४५ हजार बराबरको किराना सामान सहित मोटरसाइकल नियन्त्रणमा लिई मोटरसाइकलको १ लाख ६० हजार मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
