रसीद आलम,बिरगंज ,२१ असार।
सशस्त्र प्रहरी पर्साले ९ लाखको अबैध कुखुराको चल्ला सहित एक ब्यक्ति र ५ वटा मोटरसाइकल पक्राउ गरेको छ।
असार २१ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका -२ पानी ट्याङकीबाट भारतबाट अबैध रुपमा बिआर २२ एच ६८१७, ना ५३ प ७७६१, बा ३६ प ७२७३ नम्बरको ३ वटा मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ५ लाख २० हजार बराबरको ५२०० वटा (५२ कार्टुन) प्रतिबन्धित बोईलर कुखुराको चल्ला सहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
३ वटा मोटरसाइकल र भारत जिल्ला पुर्बि चम्पारण नुनियाडि ग्राम पंचायत- ८ महादेवा बस्ने बर्ष ३८ को सुरेश यादबलाई नियन्त्रणमा लिई चल्लाहरु स्थानिय संचारकार्मी, क्वारेन्टाईन कार्यालयका प्रतिनिधि र स्थानिय जन प्रतिनिधिको उपस्थितिमा नं. १३ गणको खुल्ला चौरमा खाल्डो खनि नष्ट गरिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जनाए।
निज सुरेश यादवलाई ३ वटा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी सिंहले बताए ।
साथै आजकै मितिमा बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलीले विन्दवासिनी गा.पा-०४ ईटियाहिबाट भारतबाट अबैध रुपमा बिआर ०५ भि ०४४१ र बिआर ०५ एएल २५९६ नम्बरको २ वटा भारतीय मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको ३ लाख ८० हजार बराबरको ३८०० वटा (३८ कार्टुन) प्रतिबन्धित बोईलर कुखुराको चल्ला मोटरसाइकल सहित नियन्त्रणमा लिई चल्लाहरु वि.ओ.पि. मा नष्ट गरेको र मोटरसाइकल लाई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका एसपी राधेश्याम धिमालले जानकारी गराएका छन् ।
