संयुक्त टोलीद्वारा रौतहटमा लाखौंको काठ बरामद

समाचार

रौतहट,९ साउन  । रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले संयुक्त रूपमा लाखौँ मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ ।

नेपाल सुरक्षा बेश लक्ष्मिनिया  र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको हो ।

गस्ती टोलीले गुजरा ३ सिम्री  ईलाकामा धन्सार खोला नजिक झाडीमा अबैध रुपमा जंगलबाट चोरी कटान गरी लुकाई छिपाई राखेको अवस्थामा १२ वटा गोलिया साढे ६१  क्युफिट सालको काठ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।

अन्दाजी बजार मुल्य १ लाख ८५ हजार बराबरको उक्त काठ बरामद गरि आबश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीको सक्रियतामा अबैध काठ ढुवानी तथा तस्करीमा कमी आएको देखिएको स्थानीयले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *