रसीद आलम ,बिरगंज ,१७ साउन ।
पर्सा प्रहरीले चारवटा अबैध घरेलु मदिरा भठ्ठी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी खेस्राहाबाट खटिएका सन्युक्त टोलीले पर्साको पकहामैनपुर गाउँपालिका वडा नं. ४ खेस्राहामा ४ वटा घरेलु मदिरा भठ्ठी नष्ट गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् ।
डिएसपी भारतीका अनुसार साउन१६ गते साझ ७ बजेको समयमा पकहामैनपुर गाउँपालिका वडा नं. ४ खेस्राहा स्थित विभिन्न व्यक्तिहरुले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको प्राप्त सुचना अनुसार पर्सा प्रहरीको टोलीले उक्त स्थानमा रहेको चार वटा मदिरा भठ्ठी, २ हजार लिटर कच्चा पदार्थ र पाँच सय लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ।
