रसीद आलम ,बिरगंज ,२ असोज ।
जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय छपकैयाले वीरगञ्ज महानगरपालिका वडा नम्बर -२ डम्पिङ साइडतर्फबाट लागु औषध चरेश सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ।
असोज १ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २ डम्पिङ साइडतर्फ लागु औषध खरिद बिक्रीको कारोवार भैरहेको बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय छपकैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेन्द्र टेरको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले सो स्थानमा एक जना संकाष्पद व्यक्तिलाई कानूनी रीतपुऱ्याई खानतलासी गर्दा लागु औषध चरेश बरामद भएको हुँदा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने वर्ष ४२ को गोपाल गिरीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
गिरिले बोकेको प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ २ के.जी. ९६० ग्राम फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिइ निज विरूद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन्
