बिरगंज १६ ईनर्वाका एक युवकको मृत्यु ।

समाचार

बिरगंज ,१८ असोज ।

पर्साको बिरगंज महानगरपालिका -१६ ईनर्वा बस्ने सुलेमान मियाको छोरा वर्ष ३२ को मुस्तुफा आलमको रहस्यमय अवस्थामा मृत्यु भएको छ।

बिहीवार राति  सुतिरहेको अवस्थामा काभ्रे जिल्लाका भुमुलो गाउँ पालिका-१० बुढाथोकी डाडाको थापाटोलमा ओछ्यानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आलम राजमिस्त्रीको रूपमा घर पलाष्टर गर्ने कार्यमा कामदारको रुपमा गएका थिए ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव आफन्तलाई बुझाउने प्रक्रियामा रहेको प्रहरी चौकी दोलालघाटले जनाएको छ।

मृत्यु कसरी भयो सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको काभ्रे प्रहरी प्रवक्ता डिएसपी मीन बहादुर घलेले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *