रसीद आलम ,बारा,२१ असोज ।
एक जेष्ठ नागरिकको रकम लुटपाट गरेको आरोपमा चारजना भारतीय नागरिकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
बारा प्रहरीका अनुसार असोज १ गते दिउँसो सवा १२ बजेको समयमा कलैयाको प्रभु बैंकबाट कलैया उपमहानगरपालिका वडा नं.१३ बलिरामपुर बस्ने एक जना जेष्ठ नागरिक (नाम गोप्य राखिएको ) रु.५० हजार रकम निकाली घरतर्फ जाने क्रममा चारजना अपरिचित ब्यक्तिहरु भारतीय नम्बर प्लेट बिआर २२ बिजे ३१६४ नम्बरको मोटरसाईकलमा आई घेरी निजहरूले लुकाई ल्याएको चक्कु (छुरा) देखाई जेष्ठ नागरिकलाई तर्साई- धम्क्याई रकम लुटी फरार भएको थियोे ।
सो घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त भए पश्चात प्रहरीले निज लुटेराहरूको खोजतलास गरी पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा देश भारत, राज्य बिहार, जिल्ला पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी, वडा नं. ४३ रानी पोखरी टोल बस्ने भिखन प्रसाद बानीयाको छोरा बर्ष ५९ को सुरेश प्रसाद बानीया,वडा नं.४४ रानी पोखरी टोल बस्ने नथुनी मुखियाको छोरा बर्ष ४५ को शर्मा मुखिया,रानी पोखरी बस्ने उमेश तिवारीको छोरा बर्ष ३५ को शैलेश तिवारी र देश भारत, राज्य बिहार, जिल्ला मोजफरपुर, ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने बिष्णुदेव दासको छोरा बर्ष ३४ को रबि दास रहेको बारा प्रहरीले जनाएको छ।
निजहरुलाई हिरासतमा राखी आवश्यक कानुनी कार्वाही तथा थप अनुसन्धान भईरहेको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
