पर्सा प्रहरीद्वारा चाडपर्व लक्षित तालिम प्राप्त कुकुर सहितको चेकिङ।

समाचार

बिरगंज ,२२ असोज ।

पर्सा प्रहरीले दशै ,तिहार, छठ पर्व जस्ता महान पर्वलाई सुरक्षीत तथा भयरहित मनाउन हेतु तालिम प्राप्त कुकुर सहितको चेकिङ शुरुआत गरेको छ।

चाडपर्वको समयमा बढ्दो चोरी तस्करी, लागु औषध ओसार पसार नियन्त्रण,अपराधिक गतिविधिलाई निरुत्साहित पार्न कुकुर सहितको चेकिङ टोलिको शुरुआत गरिएको पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् ।

चाडपर्वलाई लक्षित गरी मंगलवार बिहान् ९ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डकचोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक  रमेश कुमार तिमिल्सिनाको कमाण्डमा तालिम प्राप्त डग एसनेपिङ सहितको चेकिङ कार्य गरिएको प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *