के रतनटाटाको मृत शरिर गिद्दलाइ खुवाउन लागिएको हो ?

समाचार

मुम्बई, २४ असोज । बरिष्ठ व्यापारी रतन टाटाको बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ । उनको आज दिउँसो ४ बजे मुम्बईको वर्लीमा अन्तिम संस्कार गरिने छ । रतन टाटा पारसी समुदायका थिए तर अझै पनि उनको अन्तिम संस्कार पारसी धर्म संस्कार अनुसार गरिने हो कि हिन्दू संस्कार अनुसार गरिने हो ? यसमा मानिसहरुको कौतुहलता छ ।

 

पारसीहरूको रीतिरिवाज र परम्परा पूर्ण रूपमा फरक छ। पारसी समाजमा अन्त्येष्टि गर्ने चलन हिन्दू र मुस्लिमको भन्दा कसरी फरक छ, हामी तपाईलाई बताउँछौं।

 

पारसीहरूले कसरी गर्छन् मृतकको अन्तिम संस्कार ?

पारसीहरू न हिन्दूले जस्तै जलाउँछन्, न त मुस्लिमले जस्तै गाड्छन् । उनीहरुको अभ्यास दुवै भन्दा फरक छ । वास्तवमा यो समुदायले मानव शरीरलाई प्रकृतिले दिएको उपहार हो, जुन मृत्युपछि फिर्ता गर्नुपर्छ भन्ने विश्वास राख्छन ।

 

संसारभरका पारसी समुदायले एउटै भावनाका साथ शवको अन्तिम संस्कार गर्छन्। शव टावर अफ साइलेन्समा राखिन्छ । त्यसपछि शवलाई गिद्धको जिम्मा लगाइन्छ ।

 

टावर अफ साइलेन्स भनेको के हो ?

टावर अफ साइलेन्स अर्थात् प्रकृतिको काखमा। पारसी समुदायका मानिसहरुले आफ्ना प्रियजनको शव प्रकृतिको काखमा छाडेर जाने गर्छन् । यिनैलाई दख्मा भनिन्छ । यो समुदायमा यो परम्परा शताब्दीयौं पुरानो हो। यो मृत शरीरलाई टावर अफ साइलेन्समा राखे पछि गिद्धले खान्छ।

तर नयाँ पुस्ताका पारसीहरू अन्त्येष्टिको यो अभ्यासमा खासै विश्वास गर्दैनन्।

 

रतन टाटाको अन्त्येष्टि कसरी हुन्छ ?

जानकारीका अनुसार रतन टाटाको दाहसंस्कार पारसी अनुसार नभई हिन्दु संस्कार अनुसार जलाएर गरिने भएको छ । यसअघि उनका लागि करिब ४५ मिनेट प्रार्थना गरिने छ । र, पारसी समुदायले बनाएको विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिनेछ ।

यो समुदाय इरानवाट ७ औं शताब्दीमा भारत आएको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *