सशस्त्रले छापामारी गरि नियन्त्रणमा लियो २१ लाखको कपडा ।

समाचार

बिरगंज ,२४ असोज ।

सशस्त्र प्रहरी बल पर्साले छापामारी गरि बिरगंज -१६ नगवा नयाँ बस्तीबाट २१ लाख २१ हजार ८ सय  बराबरको अबैध कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार असोज २३ गते सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्सा तथा र प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा बिरगंज -१६ नगवा नयाँबस्ति स्थित भारतबाट अबैध रुपमा बिभिन्न घरहरुमा लुकाई छिपाई बेवारिसे अवस्थामा भणडारन गरि राखेको मुल्य रु.२१ लाख २१ हजार ८ सय बराबरको कपडा तथा डि.सी. प्रोटिन पाउडर पक्राउ गरेको छ।

बरामद गरिएको सो सामानहरु आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *