बिरगंज महानगरपालिकाका प्रमुख सिंहद्वारा सामुदायिक भवन शिलान्यास र विकास कार्य अनुगमन

बिदेश राजनीति समाचार

बिरगंज, ३ माघ ।

बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले माघ ३ गते बिरगंज महानगरपालिका-२९ बसडिल्वामा दलित समुदायको सामुदायिक भवनको शिलान्यास गरेका छन्।

नगर प्रमुख सिंहले उक्त भवन निर्माणले दलित समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

दलित समुदायका लागि निर्माण हुन लागेको यो सामुदायिक भवनले सामाजिक, शैक्षिक, र सांस्कृतिक गतिविधिका लागि एकीकृत स्थान प्रदान गर्ने अपेक्षा गरिएको छ। भवन निर्माणले समुदायको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान दिने अनुमान गरिएको छ।

त्यसैगरी, माघ २ गते प्रमुख सिंहले वडा नं. १९ को बरवामा स्थानीयबासीहरूसँग छलफल गर्दै विकास निर्माणका कार्यहरूको अनुगमन पनि गरेका थिए। स्थानीय समस्या पहिचान र विकास योजनाको कार्यान्वयन सुनिश्चित गर्न उनले स्थलगत निरीक्षण गरेको मेयर सिंहको सचिवालयले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *