६६ लाख २४ हजार बराबरको बदामसहित ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो

समाचार

पर्सा, २०८१ कार्तिक ६। विशेष सूचनाको आधारमा, जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको प्रहरी टोलीले कार्तिक ४ गते राति ११:४५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चोकमा म.प्र.०३००१ ख ७६७३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। उक्त ट्रकमा बिल विजकमा उल्लेखित भन्दा बढी ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरका बदाम (Almonds) लोड गरि काठमाडौँतर्फ लैजाँदै गरेको भेटिएको हो।

प्रहरीले ट्रक र सामानलाई थप अनुसन्धानका लागि पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिएका छन् ।

 

यस कारबाहीको नेतृत्व जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको प्रहरी चौकी परवानीपुरको टोलीले गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *