१ करोड ८६ लाख बराबरका अवैध औषधि र खुद्रा सामानसहित दुई ट्रक नियन्त्रणमा।

समाचार

रसीद आलम ,बिरगंज ,१०,कार्तिक । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकमा, अवैधरूपमा लोड गरिएको १ करोड ८६ लाख ९ हजार ६ सय ७८ रुपैयाँ बराबरको खुद्रा सामान तथा औषधि बोकेका दुई मालबाहक ट्रकहरू जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले सु.प.प्र.०१-००१ ख २६९९ र सु.प.प्र.०१-००१ ख २६६१ नम्बरका ट्रकहरूलाई कार्तिक ८ गते रातको करिब १०:०० बजेको समयमा वीरगञ्जबाट कैलाली र बाँकेतर्फ लगिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। उल्लेखित ट्रकहरूमा बिल बिजकभन्दा बढीका औषधि र सामान लोड गरिएको पाइएपछि थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *