पर्सा ,१० कार्तिक ।पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टीमा अवैधरूपमा घरेलु मदिरा उत्पादन गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको टोली र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी ४ वटा अवैध मदिरा भठ्ठीहरू नष्ट गरेको छ।
प्रहरी टोलीले ती भठ्ठीहरूमा रहेको अन्दाजी ४५० लिटर तयारी मदिरा र ५४०० लिटर कच्चा पदार्थ नष्ट गरेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन् । अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने अभियान अन्तर्गत प्रहरीले यस किसिमका गतिविधिमा संलग्नहरूलाई आवश्यक कानूनी कारवाही गर्ने चेतावनी दिएको छ।
