पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ

समाचार

सर्लाही,१९ कार्तिक  । सर्लाहीको गोडैता नगरपालिका-१२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरको २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *