रसीद आलम ,पर्सा,५ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा १७८० केजी चाइनिज लसुन बरामद गरेको छ। मिति २०८१ मंसिर ४ गते राति करिब ८:३० बजे बिन्दवासिनी गाउँपालिका–३, झौवास्थित एक कुखुरा फार्ममा भन्सार छली गरी अनधिकृत रूपमा भण्डारण गरिएको १०२ बोरा लसुन प्रहरीले फेला पारेको हो।
बरामद लसुनको तौल १७८० केजी र अनुमानित मूल्य ४ लाख ८० हजार ६ सय रुपैयाँ रहेको छ। उक्त लसुन चोरी निकासीका लागि भण्डारण गरिएको आशंकामा प्रहरीले कानूनी प्रक्रिया पूरा गरी बरामद गरेको हो।
बरामद लसुनलाई मंसिर ५ गते थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए।
