विश्व शौचालय दिवसमा मन्त्री प्रदीप यादवको प्रतिबद्धता: “सबै नागरिकलाई सुरक्षित र सम्मानजनक सरसफाइको पहुँच पुर्‍याइने”

समाचार

रसीद आलम ,काठमाडौँ, ५ मंसिर ।

खानेपानी मन्त्री प्रदीप यादवले विश्व शौचालय दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा शौचालय र सरसफाइको महत्वमाथि आफ्नो धारणा प्रस्तुत गरेका छन्।

मन्त्री यादवले नेपालले सन् २०१९ मा “एक घर, एक शौचालय” अभियानमार्फत ७७ वटै जिल्लामा ५० लाखभन्दा बढी शौचालय निर्माण गरी खुला दिसामुक्त राष्ट्रको रूपमा इतिहास रचेको उल्लेख गरे। तर, हालसम्म पनि करिब १२ लाख नेपाली नागरिक आधारभूत सरसफाइ सुविधाबाट वञ्चित रहेको यथार्थप्रति दुःख व्यक्त गर्दै उनले यस चुनौती समाधान गर्न सरकार कटिबद्ध रहेको बताए।

उनले सरसफाइ नीतिहरूको प्रभावकारी कार्यान्वयन र सार्वजनिक शौचालयहरूको प्रवर्द्धनका लागि मापदण्डहरू परिष्कृत गरिने योजना अघि सारे। कार्यक्रमका क्रममा मन्त्री यादवले सबै नागरिकलाई सुरक्षित र सम्मानजनक सरसफाइको पहुँच पुर्‍याउन सरकार दृढ रहेको प्रतिबद्धता व्यक्त गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *