बिरगंज, ७ कात्तिक।
सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालको सरुवा धनुषा जिल्लामा भएको सशस्त्र प्रहरी पर्साले जनाएको छ। अब डिएसपी लोकेन्द्र सुब्बा बिरगंज गुल्मको नेतृत्व सम्हाल्न आउँदैछन्।
डिएसपी सुब्बाले सिरहाको प्रस्तावित सीमा सुरक्षा गुल्म माडरमा तस्करी नियन्त्रणमा ऐतिहासिक सफलता हासिल गरेका थिए। तर, बिरगंज गुल्ममा राजस्व संकलन र तस्करी नियन्त्रणको चुनौती उनीमाथि थपिएको छ।
डिएसपी रिजालले आफ्नो ८ महिनाको कार्यकालमा झण्डै २२ करोड रुपैयाँको मालसामान बरामद गरी राजस्व संकलनमा ऐतिहासिक सफलता प्राप्त गरेका थिए। तस्करीलाई लगभग ध्वस्त बनाउँदै उनले उच्च उदाहरण प्रस्तुत गरेका थिए।
अब, डिएसपी सुब्बाले पनि त्यस्तै सफलता हासिल गर्नुपर्ने चुनौती रहेको छ। राजस्व संकलनमा निरन्तरता र तस्करी नियन्त्रणमा उनको नेतृत्व क्षमताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
