मकवानपुरका तामाङ मेची पुलमा खैरो हिरोइनसहित पक्राउ

समाचार

झापा ,७ मंसिर ।  प्रहरीले झापाबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय आशाशकाजी तामाङ रहेका छन्। उनलाई शुक्रबार साढे ३ बजे मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेची पुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

भारतबाट सिटी रिक्सा चढेर आइरहेका तामाङको साथबाट १८ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिटाबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको थियो। तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।

झापा प्रहरी लागुऔषध बिक्री वितरण तथा ओसारपसारमा खरो उत्रिँदै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *