बिरगंज ,७ मंसिर ।
वीरगञ्जस्थित आन्तरिक राजस्व कार्यालयमा राष्ट्रिय कर दिवस समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल तथा अतिथि राजस्व अनुसन्धान विभाग पथलैया, बाराका प्रमुख हरि शर्मा रहेका थिए।
समारोहमा कर प्रणालीको महत्व, राजस्व संकलनमा नागरिकको भूमिकासहित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रमले करप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
