विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान : मन्त्री पाण्डे

बिदेश राजनीति समाचार

काठमाडौं,१४ मंसिर  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको  बताएका छन्।

काठमाडौंमा आयोजित चौथो विश्व शान्ति पूजाका अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन ठूलो योगदान पुगेको बताए।

ज्ञानबाट धन तिर जानलागेको समाजलाई बुद्ध मार्गकै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने उनको भनाइ थियो। मन्त्री पाण्डेले नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एक पटक नेपाल आउनु पर्ने बताउँदै एकपटक आएकोले पटक-पटक आउने वातावरण बनाउनु आवश्यक रहेको धारणा राखे।

विश्व एक परिवार भएकाले विश्वभर एकता र मेलमिलाप हुनु पर्ने उनको भनाइ थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *