पर्सा,जेठ २३ । जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका–८ गहवाटोलस्थित मुन्ना हवारीले सञ्चालन गरेको गाईगोठमा भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका विभिन्न प्रकारका चक्लेट, खजुर र स्प्रे पेन्टहरू भण्डारण गरी राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गरेको छापामारीमा बरामद सामग्रीको भन्सार मूल्य करिब रु. ४,००,८०० बराबर रहेको छ। नियन्त्रणमा लिइएको सामानलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
