वीरगंज महानगरपालिकाले महिला क्रिकेट टिमका कप्तान पूजा महतो र खेलाडी साना प्रवीणलाई सम्मान गर्यो

बिदेश राजनीति समाचार

बिरगंज ,९ पुस ।

वीरगंज महानगरपालिका कार्यालयले आज नेपाली महिला क्रिकेट टिमकी कप्तान पूजा महतो र खेलाडी साना प्रवीणलाई विशेष सम्मान गरेको छ। महानगरका मेयर राजेशमान सिंहले आयोजित कार्यक्रममार्फत उनीहरुलाई सम्मान प्रदान गरेका हुन्।

सम्मान कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेल, स्थानीय जनप्रतिनिधिहरू, र महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

यो सम्मानले नेपाली महिला खेलकुदलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *