सशस्त्र प्रहरीद्वारा धनुषामा १८ लाख बराबरको चोरीपैठारी सामान बरामद

बिदेश राजनीति समाचार

धनुषा,९ पुस।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले धनुषा जिल्लाका विभिन्न स्थानहरूबाट एक हप्ताको अवधिमा करिब १८ लाख रुपैयाँ बराबरको चोरीपैठारीका सामान बरामद गरेको छ।

बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीद्वारा जिल्लामा चोरीपैठारी रोकथामका लागि नियमित रूपमा निगरानी तथा छापामार अभियान सञ्चालन भइरहेको छ।

चोरीपैठारीको रोकथाम र स्थानीय सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी बलले सक्रिय भूमिका खेलिरहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *