बिरगंज ,२० पुस ।
बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पताल र ऐश्वर्य प्रसूति गृहको सरसफाइ सम्बन्धी अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले देखिएका समस्याको समाधानका लागि आवश्यक निर्देशन प्रदान गरेका छन्।
यस क्रममा नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) चुम्मन लाल दास, विकास समितिका अध्यक्ष धिरज गुप्ता, सदस्य अक्षय, महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सर्फद्दीन मियाँ, तथा ग्रिनसिटी सामुदायिक सेवाका अध्यक्ष जयप्रकाश खेतानलगायतको उपस्थिति रहेको थियो।
मेयर सिंहले अस्पतालको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने उद्देश्यले समन्वय र सहयोगको महत्त्वलाई जोड दिए। उपस्थित टोलीले अस्पतालका विभिन्न क्षेत्रको अवलोकन गर्दै तत्काल समाधान गर्न सकिने विषयमा छलफल गरेका थिए।
