धनगढी, २०८१ पुस २३ – संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको आयोजनामा धनगढीमा आयोजित सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठीमा खानेपानी मन्त्री प्रदीप यादवले देशभरका नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमका क्रममा मन्त्री यादवले आम नागरिकका खानेपानीसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएका छन्। उनले आफू जनताको सेवक रहेको उल्लेख गर्दै नागरिकका समस्या बुझ्न र समाधान गर्न सधैं तत्पर रहने बताए। मन्त्री यादवले देशभर खानेपानी सेवा प्रभावकारी बनाउन आवश्यक पहल गर्न सरोकारवाला निकायलाई आह्वान गरेका छन्।
यो गोष्ठी वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको आयोजनामा सम्पन्न भएको हो।
