२७औं भूकम्प सुरक्षा दिवस मनाइँदै

बिदेश राजनीति समाचार

काठमाडौं,२ माघ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ।

वि.सं. १९९० माघ २ गतेका दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ मा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र घर संरचना बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए।

यस दिवसमा भूकम्पमको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्ने लक्ष्यका साथ आइरहेको उनको भनाइ छ।

१९९० को भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो। उक्त भूकम्पले ८० हजार घरसहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *