बिरगंज ,१० माघ ।
पर्सा जिल्ला प्रशासन कार्यालयमा नयाँ ईजलास स्थापना भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रिबन काटेर उद्घाटन गर्नु भएको उक्त ईजलासमा अब अभद्र व्यवहारलगायत प्रशासन कार्यालयको मातहतका मुद्दाहरू बहस र पैरवीका साथ फैसला हुने व्यवस्था मिलाइएको छ।
रुपन्देही जिल्लामा रहँदा प्रतिष्ठित र सराहनीय कार्य गर्दै उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रूपमा ख्याती कमाउनु भएका अर्यालले पर्सा जिल्लामा पनि शान्ति, सुव्यवस्था, र अमन चयनको अनुभूति गराउँदै स्थानीयवासीको प्रशंसा पाउनुभएको छ।
प्रचण्ड चिसोको समयमा गरिब र असहाय जनसमुदायका लागि कम्बल, स्विटर, ज्याकेट, र टोपी वितरण गर्दै उहाँले समाजसेवामूलक कार्यलाई पनि अघि बढाउनु भएको छ। उहाँको यी कार्यहरू पर्सावासीहरूबीच प्रेरणादायी बनेका छन्।
