पर्सामा अवैध घरेलु मदिरा भट्टी नष्ट

बिदेश राजनीति समाचार

पर्सा, १८ माघ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिन्दवासिनी गाउँपालिका वडा नं. ३ र ४ मा सञ्चालन भइरहेका अवैध घरेलु मदिरा भट्टीहरू नष्ट गरेको छ।

माघ १७ गते दिउँसो करिब ३:०० बजे प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको टोलीले दुई वटा अवैध भट्टी फुटाली उक्त भट्टीहरूमा रहेको करिब ३,१०० लिटर कच्चा पदार्थ तथा ५०० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको हो।

प्रहरीले अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्न निरन्तर निगरानी बढाइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *