२० वर्षदेखि फरार लागुऔषध अभियुक्त पक्राउ

बिदेश राजनीति समाचार

पर्सा, माघ १८ ।

लागुऔषध चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका वीरगञ्ज महानगरपालिका–१६, नगवा निवासी अभियुक्त चन्दन कुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतको २०६१ साल असार १३ गतेको फैसलाले उनलाई २ वर्ष ७ महिना कैद तथा रु. १०,०००/- जरिवाना तोकेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले २०८१ माघ १७ गते दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका–१६, नगवाबाट रौनियारलाई पक्राउ गरी अदालतमा बुझाएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराएका छन् ।

यसैबीच, फैसला कार्यान्वयन विशेष टोलीले २०८१ माघ १७ र १८ गतेसम्मकै अवधिमा रु. २४,३४७/- जरिवाना तोकिएका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको पनि प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *