वीरगन्ज, माघ १८।
जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत सञ्चालन भइरहेको निःशुल्क आँखा शिविरको १२औं चरण आज वीरगन्ज वडा नम्बर २६, अठराहामा सम्पन्न भएको छ। आज सम्पन्न शिविरमा ८८ जना महिला तथा पुरुषले आँखा जाँच गराई सेवाबाट लाभान्वित भएका छन्।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार, जाँच गराएका बिरामीमध्ये ३४ जनामा मोतियाबिन्दु देखिएको छ। मोतियाबिन्दु भएका बिरामीहरूको शल्यक्रिया वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क गरिने अध्यक्ष सरार्फले जानकारी गराए।
उनका अनुसार, अहिलेसम्म १,३५० भन्दा बढी सर्वसाधारणले यो अभियानबाट सेवा लिइसकेका छन्, भने ३५० भन्दा बढी बिरामीको मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ।
अध्यक्ष सरार्फले यो अभियान पर्साका गाउँदेखि सहरसम्म निरन्तर जारी रहने बताए।
