बारामा एसपी सन्तोष तामाङको नेतृत्वमा कडा सुरक्षा अभियान, लागुऔषध र तस्करीविरुद्ध कडा कारबाही

बिदेश राजनीति समाचार

बारा, २१ माघ – जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले पदभार ग्रहण गरेसँगै जिल्लामा शान्ति सुरक्षालाई मजबुत बनाउन तथा गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न कडा अभियान सञ्चालन गरेका छन्। उनले शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने, तस्करी नियन्त्रण गर्ने तथा लागुऔषध र हुण्डी जस्ता अवैध गतिविधि रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रहरी प्रशासनलाई बिचौलियामुक्त बनाउँदै जनताको सेवामा समर्पित हुन मातहतका प्रहरीलाई निर्देशन दिएका छन्।

३९ लाख ८४ हजार बराबरको समानसहित मिनि ट्रक नियन्त्रणमा

विशेष सूचनाको आधारमा प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्दा बिल भरपाईभन्दा बढी सामान तथा स्रोत नखुलेको ३९ लाख ८४ हजार ७६० रुपैयाँ बराबरको समानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।

१. प्रहरी चौकी पथलैया, बारा:

  • मिति: २०८१/१०/२० राति २३:५५ बजे
  • स्थान: जीतपुर सिमरा उप-महानगरपालिका, वडा नं.१, पथलैया चौक
  • ट्रक नम्बर: प्र.०१-०२-००१ ख ८०८६
  • बरामद सामान: इलेक्ट्रोनिक सामग्री, कपडा, कफी तथा अन्य खुद्रा सामान
  • अनुमानित मूल्य: ३८,१६,७६० रुपैयाँ

२. प्रहरी चौकी बरियारपुर, बारा:

  • मिति: २०८१/१०/२० बिहान २३:३० बजे
  • स्थान: महागढीमाई नपा, वडा नं.२, इनर्वा चौक
  • मिनि ट्रक नम्बर: ना ७ ख ३४३९
  • बरामद सामान: ७,००० किलो आलु
  • अनुमानित मूल्य: १,६८,००० रुपैयाँ

६३ किलो लागुऔषध गाँजासहित २ मोटरसाइकल नियन्त्रणमा

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्ज खजानी बाराबाट संयुक्त रूपमा खटिएको टोलीले ६३ किलो २०० ग्राम गाँजा बरामद गरेको छ।

  • मिति: २०८१/१०/२० राति २१:४० बजे
  • स्थान: सुवर्ण गाउँपालिका, वडा नं.३, बकतौरा
  • बरामद सामग्री: ६३ किलो २०० ग्राम गाँजा (४ पोका)
  • मोटरसाइकल नम्बर: बा.प्रदेश-०२०४१ प ५७३७ र ना ६३ प ३९८८
  • मोटरसाइकलका चालकहरू फरार

लागुऔषध अफिमसहित एक पुरुष पक्राउ

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्सा र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ३ किलो ४४ ग्राम अफिमसहित एक पुरुषलाई पक्राउ गरेको छ।

  • मिति: २०८१/१०/२० बेलुका १६:०० बजे
  • स्थान: सिमरा चोक, वीरगंज-पथलैया सडक खण्ड
  • पक्राउ परेका व्यक्ति:
    • नाम: भीमलाल मोक्तान
    • ठेगाना: कैलाश गाउँपालिका, वडा नं.२, मकवानपुर
    • उमेर: ४५ वर्ष
  • बरामद सामग्री: ३ किलो ४४ ग्राम अफिम

एसपी तामाङको नेतृत्वमा चलाइएको सुरक्षा अभियान अन्तर्गत अवैध गतिविधि नियन्त्रण गर्न कडा निगरानी राखिएको छ। प्रहरीले लागुऔषध, तस्करी र अन्य गैरकानुनी गतिविधिविरुद्ध थप कारबाही गर्ने बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *