जनमत पार्टी पर्साको पहलमा वीरगंज छपकैयाका दुई अपांग व्यक्तिलाई ह्वीलचेयर सहयोग

बिदेश राजनीति समाचार

वीरगंज ,२२ माघ । जनमत पार्टी, पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको पहल तथा समन्वयमा उपकार सेवा नेपालले वीरगंज महानगरपालिका वडा नम्बर १, छपकैयाका दुई अपांग व्यक्तिलाई ह्वीलचेयर प्रदान गरेको छ। मंगलबार आयोजित एक कार्यक्रममा रञ्जन दासश्यामनाथ तुरहालाई ह्वीलचेयर सहयोग गरिएको हो।

जनमत पार्टी, पर्साद्वारा सञ्चालित निःशुल्क आँखा शिविरका क्रममा अध्यक्ष सर्राफको ती सहयोगापेक्षीहरूसँग भेट भएपछि उनले आवश्यकतालाई ध्यानमा राख्दै उपकार सेवा नेपालसँग समन्वय गरी सहयोग उपलब्ध गराएका थिए।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीका अनुसार संस्थाले अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको छ। ह्वीलचेयर पाएपछि रञ्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवन सहज हुने विश्वास गरिएको छ।

शारीरिक रूपमा पूर्ण अपांग रहेका उनीहरूलाई स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गरिएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, स्थानीय समाजसेवी कृष्णप्रसाद (लडु) कानु, किशोर महतो लगायतका स्थानीय अगुवा तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *