वीरगञ्ज, २४ माघ ।
बिहीबार बिहान ८:१० बजे वीरगञ्ज महानगरपालिका-१५ स्थित त्रिभुवन राजमार्गको प्रतिमा चौकमा सुरक्षाकर्मीहरूले ठूलो परिमाणमा अबैध सामान बरामद गरेका छन्।
सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको ११ जनाको मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली लुकाइछिपाई ल्याइँदै गरेको अन्दाजी रु ४ लाख बराबरको विभिन्न ब्रान्डका मोबाइल डिस्प्लेहरू र तामाको तार फेला पारेको हो।
सुरक्षाकर्मीहरूले वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेका सवारी साधनहरूको नियमित जाँच गर्ने क्रममा यी सामानहरू फेला पारेका थिए। बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको सुरक्षा निकायले जनाएको छ।
